News Portal

  • सेञ्चुरी बैंकको नाफा ११६ प्रतिशत बढ्यो, ईपीएस १४.२१ रुपैयाँ

    आर्थीकसंसार संवाददाता२१ साउन, २०७९
    ४५२ पटक
    २१ साउन, २०७९

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ११५.६६ प्रतिशत बढेर १ अर्ब ३७ करोड ७२ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ६२ करोड ९३ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २९.२२ प्रतिशत बढेर ३ अर्ब २० करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ४३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
    बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ, जगेडा कोष १ अर्ब ७३ करोड ५ लाख रुपैयाँ, निक्षेप ९८ अर्ब ६५ करोड ४१ लख रुपैयाँ र कर्जा ८८ अर्ब ८५ करोड ६० लाख रुपैयाँ रहेको छ ।
    बैंकको वितरणयोग्य नाफा ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर १४.२१ रुपैयाँ रहेको छ । बैंकको पीई रेसियो १२.८८ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२७.६४ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्