News Portal

  • बीओकेको खुद ब्याज आम्दानी २३.७७ प्रतिशत बढ्यो

    आर्थीकसंसार संवाददाता२१ साउन, २०७९
    १०३ पटक
    २१ साउन, २०७९

    काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५ प्रतिशत बढेर १ अर्ब ८१ करोड २ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७२ करोड ६४ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
    बैंकको खुद ब्याज आम्दानी २३.७७ प्रतिशत बढेर ४ अर्ब ३ करोड ७१ लख ४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वार्ष ३ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    बैंकको नेट फि एण्ड कमिसन आम्दानी ५३ करोड ८२ लाख ४ हजार रुपैयाँ, सञ्चालन नाफा २ अर्ब ५३ करोड ४३ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
    असार मसान्तसम्म बैंकको निक्षेप १ खर्ब ९ अर्ब २ करोड ५३ लाख रुपैयाँ, कर्जा १ खर्ब २ अर्ब ५१ करोड ११ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको निक्षेप १ खर्ब ३ अर्ब ४० करोड रुपैयाँ र कर्जा ९३ अर्ब ८० करोड ८१ लख रुपैयाँ रहेको थियो ।
    बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड ३९ लाख रुपैयाँ र जगेडा कोष ५ अर्ब ८९ करोड ९९ लाख रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको प्रतिसेयर आम्दानी १७.०४ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्