News Portal

  • कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने

    आर्थीकसंसार संवाददाता२० साउन, २०७९
    ५४५ पटक
    २० साउन, २०७९

    काठमाडौं । के तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? अनि के तपाईं फिटनेस प्रेमी पनि हुनुहुन्छ ? त्यसो हो भने अब तपाईंको लागि खुशीको खबर छ । अब तपाईंले कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाउनु सक्नुहुनेछ । त्यस्तै कुमारी जबका कर्मचारीहरु पनि यो सम्झौताबाट लाभान्वित हुनेछन् ।
    यस सम्झौताको बारेमा बोल्दै कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारीले भन्नुभयो “व्यायामले हाम्रो तनाव कम गर्न तथा हाम्रो कार्यक्षमता र उत्पादकत्व बढाउन मद्धत गर्छ । कर्मचारीहरुको शारीरिक स्वास्थ्य अवस्था र उनीहरुको काम प्रतिको लगाव एक आपसमा प्रत्यक्ष रुपमा सम्बन्धित छन् । हाम्रो संस्था अथवा वेबसाइट मार्फत आउनुहुने उम्मेदवारहरु एवम हाम्रा कर्मचारीहरुको स्वास्थ्यको लागि यो सम्झौता गर्न पाउँंदा मलाई अत्यन्तै खुशी लागेको छ ।”
    काठमाडौँको तीनकुने सुविधानगर स्थित उक्त अल्टिमेट लिफ्टिङ क्लबको सेवा सुविधाहरुबाट लाभ लिनको लागि इच्छुक महानुभावहरुले www.kumarijob.com  अथवा तीनकुने स्थित कुमारी जबको कार्यालयमै गएर रोजगारीको लागि दर्ता गर्न सक्नुहुनेछ । यसरी वेबसाइटमा अथवा कार्यलयमै गएर दर्ता गरे वापत कुनै शुल्क लाग्ने छैन । कुमारी जबले निशुल्क रुपमा योग्यता अनुसारको रोजगारी प्रदान गर्दै आइरहेको छ र यसबाट रोजगारीको लागि दर्ता गर्दा, आवेदन दिँदा एवम रोजगारी पाइसकेपछि पनि कुनै शुल्क लाग्ने छैन ।

    प्रतिकृया दिनुहोस्