News Portal

  • गरिमा विकास बैंकद्वारा एकैदिन ६ वटा नयाँ शाखा सञ्चालन

    आर्थीकसंसार संवाददाता१ असोज, २०७७
    १२२२ पटक
    १ असोज, २०७७

    काठमाडौं । गरिमा विकास बैंकले एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले असोज १ गतेमात्रै काठमाडौं उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।
    विकास बैंकले उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यकाभित्र काठमाडौको ढुङगेधारा तथा ललितपुरको इमाडोल गरी एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
    यससंगै विकास बैंकले काठमाडौं उपत्यकाभित्र १३ वटा शाखासहित देशभर सबै प्रदेशमा ९७ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढी एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ ।

    प्रतिकृया दिनुहोस्