News Portal

  • सिद्धार्थ बैंक चम्किँदा ३ अर्ब २१ करोड रुपैयाँ नाफा, निक्षेप संकलन २ खर्ब रुपैयाँ

    आर्थीकसंसार संवाददाता१८ साउन, २०७९
    ७१५ पटक
    १८ साउन, २०७९

    काठमाडौं । सिद्धार्थ बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १२.७८ प्रतिशत बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    गत आर्थिक वर्षको असार मसान्तसम्मा बैंकको खुद ब्याज आम्दानी २७.७३ प्रतिशत बढेर ७ अर्ब ३ करोड ८१ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५१ करोड २ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    गत असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १३.१६ प्रतिशत बढेर ४ अर्ब ७१ करोड ५० लाख ४२ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ७.२८ प्रतिशत बढेर १ अर्ब २१ करोड ५० लाख ५६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९.०५ प्रतिशत बढेर ९ अर्ब २२ करोड ८५ लाख ९६ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ७३.०२ प्रतिशत बढेर २ अर्ब १० करोड ६८ लाख १० हजार रुपैयाँ रहेको छ ।
    समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेर १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ, जगेडा कोष ०.५१ प्रतिशत घटेर ९ अर्ब २९ करोड १० लाख ४६ हजार रुपैयाँ, निक्षेप ५.८७ प्रतिशत बढेर १ खर्ब ९१ अर्ब ५५ करोड ६ लाख ४३ हजार रुपैयाँ र कर्जा १२.७२ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ७५ करोड ४३ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
    गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३३ पैसा घटेर २५ रुपैयाँ ७१ पैसामा झरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २६.०४ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ११.७९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्