News Portal

  • चाडपर्वमा नविल बैंकमा कारोबार गर्दा अत्यधिक लाभ पाइने

    आर्थीकसंसार संवाददाता१ असोज, २०७७
    ११९९ पटक
    १ असोज, २०७७

    काठमाडौं । नबिल बैंकले चाडपर्व योजनाअन्तर्गत व्यक्तिगत, मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा आकर्षक योजना सुरु गरेको छ ।
    बैंकले कोरोना भाइरसको महामारीको कारण नेपालीहरूको आर्थिक कठिनाई रहेकाले यस कठिन समयमा सम्भव भएसम्म धेरै ग्राहकलाई खुसी पार्ने उद्देश्यले विभिन्न आकर्षक योजनाहरु सार्वजनिक गरेको जनाएको छ । बैंकले जसअन्तर्गत १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।
    त्यस्तै, बैंकले १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । २ वर्षभन्दा माथि र ५ वर्षसम्म व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
    यसका साथै बैंकले ७.४९ प्रतिशत ब्याजदरमा घर कर्जा, ७.९९ प्रतिशत ब्याजदरमा धितो कर्जा र व्यक्तिगत ओभरड्राफ्ट, एक करोडसम्मको साना तथा मझौला कर्जा ७.४९ प्रतिशत तथा एक करोडभन्दा माथिको साना तथा मझौला कर्जा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ ।
    यस योजनाअन्तर्गत बैंकले प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नगर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्