News Portal

  • मन्दाकिनीको आइपीओ बाँडफाँड, १ लाख ९ हजार ३७४ जनाले १० कित्ता पाउँदा भाग्यमानी ९ जनाले पाए ११ कित्ता

    आर्थीकसंसार संवाददाता१७ साउन, २०७९
    ८४७ पटक
    १७ साउन, २०७९

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले आज मंगलबार अपरान्ह शेयर बाँडफाँड गरेको हो ।
    क्यापिटलका अनुसार यस आइपीओमा कुल १५ लाख ४७ हजार ९ सय ४९ जनाको आवेदकबाट कुल १ करोड ६९ लाख १६ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १ हजार ६ सय ६५ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १५ लाख ४६ हजार २ सय ८४ जनालाई गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको छ ।
    जसअनुसार १ लाख ९ हजार ३ सय ७४ जनाले शेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । क्यापिटलले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्रि खुला गरेको थियो ।
    कम्पनीले सर्बसाधारणलाई ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने २३ हजार ५ सय २१ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।
    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ८८ हजार ३७ कित्ता शेयर बाँडफाँड गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्