
काठमाडौं । प्रभु क्यापिटलको प्रायोजनामा इन्टर कलेज पिचिङ प्रतियोगिता सम्पन्न भएको छ ।कुसुम फाइनान्स क्लबले आयोजना र प्रभु क्यापिटलको सहयोगमा सेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्न उदेश्यले उक्त प्रतियोगिता भएको हो ।
उक्त प्रतियोगितामा विभिन्न कलेजका ११ टिमले भाग लिएका थिए । जसमा प्रतियोगीले नेप्सेमा सुचिकृत भएका कम्पनीहरु मध्ये ‘बाइ’ अथवा ‘सेल’ को लागि विभिन्न आधारभूत र प्राविधिक विश्लेषणमा आफ्नो प्रस्तुति दिएका थिए ।
उक्त कार्यक्रममा जज प्यानलको रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाका साथै कुसोम कलेजका सहायक प्रोफेसर पवन कुमार झा तथा रमेश घिमिरे रहेका थिए ।
प्रतियोगितामा टिम ‘स्टक जेम्स’ पहिलो र टिम ‘स्वीप्रबी’ विजयी भएकाे थियाे । प्रतियोगितामा प्रथम विजेता टिमलाई प्रभु क्यापिटलको १० हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ भने दोस्रो विजेता टिम ५ हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ ।
प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा सेयर सचेतना अभिवृद्धिका लागि समयसमयमा विभिन्न वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।