News Portal

  • लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्स प्रालिबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१२ साउन, २०७९
    ६६१ पटक
    १२ साउन, २०७९

    काठमाडौं । लुम्बिनी विकास बैंक लि. र एम. ए. डब्लु. अटो कोर्प प्रा. लि. तथा एम. ए. डब्लु. कमर्सियल भेहिकल्स प्रा. लि. बिच फोटन र चङ्गन ब्राण्डका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने सम्झौता गरेको छ । सो सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एम.ए. डब्लु. अटो कोर्प तथा एम.ए. डब्लु. कमर्सियल भेहिकल्स प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो । सो सम्झौतापत्रमा उल्लेख भएअनुसार उक्त सुविधा ग्राहकहरुले बैंकको सबै शाखाहरुबाट लिन सक्नेछन् ।
    लुम्बिनी विकास बैंक लिमिटेडले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरुमार्फत सेवा दिँदै आएकोे छ । साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देश भरी रहेको १३ वटा शोरुममार्फत खरिद गर्न सक्नेछन् ।
    यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्