News Portal

  • बैंकले स्थिर ब्याजदरको कार्यान्वयन असोजभित्रै गर्नुपर्ने

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७७
    ८८९ पटक
    ३१ भदौ, २०७७

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई असोजमसान्त भित्रै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
    राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गर्दै असोज मसान्त भित्रै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
    राष्ट्र बैंकले भदौ २८ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको एकीकृत निर्देशनमा व्यक्तिगत प्रकृतिका आवधिक कर्जाहरुका हकमा स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था असोजभित्रै कार्यान्वयन गर्न निर्देशन गरेको हो । यो व्यवस्था लागु हुने भएसँगै नागरिकले बैंकबाट सहुलियत ब्याजदरमा ऋण पाउनेछन् । बैंकमा चर्काे ब्याजदर तिर्नुपर्ने ऋणीहरुको बाध्यता केही मात्रामा हट्ने छ भने थोरै भएपनि राहात मिल्नेछ ।

    प्रतिकृया दिनुहोस्