News Portal

  • इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

    आर्थीकसंसार संवाददाता११ साउन, २०७९
    ६०६ पटक
    ११ साउन, २०७९

    काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले इलाम जिल्ला, सूर्याेदय नगरपालिका–१०, फिक्कलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गर्नुभयो ।


    उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्तिहरु, मिडियाकर्मीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
    अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टरमार्पmत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन् ।
    सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरुमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टरसहित १३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै बंैकको हालसम्म ९९ एटिएम रहेका छन् । बैंकले गत आषाढ मसान्तसम्म रु. ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

    प्रतिकृया दिनुहोस्