News Portal

  • सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७७
    ८३९ पटक
    ३१ भदौ, २०७७

    काठमाडौं । सनराइज बैंक लिमिटेडले कर्जा र निक्षेपको नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि १ गते, बिहीबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
    बैंकले बचत खातामा न्युनतम १ प्रतिशतदेखि अधिकतम ४ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने बताएको छ भने मुद्दती निक्षेपमा न्युनतम ६ दशमलव ५० प्रतिशतदेखि अधिकतम ७ दशमलव ७५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्