News Portal

  • सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित

    आर्थीकसंसार संवाददाता९ साउन, २०७९
    ५०९ पटक
    ९ साउन, २०७९

    काठमाडौं । सिद्धार्थ बैंक बैंकिङ्ग क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ ।
    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।
    उक्त अवार्ड शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्ध राज ओलीले संयुक्त रुपमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरेका थिए ।
    यस अवार्डले बैंकलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कडेल बताए ।
    बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एशियन फेडेरेसन अफ अकाउन्टेन्टस द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।
    बैंकले देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा र २ हजारभन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्