News Portal

  • सानिमा बैंकको नाफासँगै ईपीएस पनि घट्यो, ब्याज आम्दानी झण्डै ५ अर्ब

    आर्थीकसंसार संवाददाता७ साउन, २०७९
    ३०९ पटक
    ७ साउन, २०७९

    काठमाडौं । सानिमा बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १.०७ प्रतिशत घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ७८ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.३५ प्रतिशत बढेर ४ अर्ब ७६ करोड ७१ लख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५२ करोड ४९ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    गत असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १.७६ प्रतिशत घटेर ३ अर्ब २५ करोड २५ लाख ८४ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ३.६३ प्रतिशत बढेर ८४ करोड ३७ लाख ४८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.५७ प्रतिशत बढेर ६ अर्ब १४ करोड १३ लाख ८ हजार रुपैयाँ र वितरणयोग्य नाफा १३.०१ प्रतिशत घटेर १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
    समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७ प्रतिशत बढेर ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ, जगेडा कोष १०.२३ प्रतिशत बढेर ५ अर्ब ७७ करोड ८० लाख ९६ हजार रुपैयाँ, निक्षेप २२.६५ प्रतिशत बढेर १ खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख ३५ हजार रुपैयाँ र कर्जा १५.१९ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब १६ करोड १३ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।
    असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर २० रुपैयाँ २४ पैसामा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३.९४ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १३.६३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ १ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्