News Portal

  • एनआईसी एशियाको २५ वर्षे यात्राः सेयरधनीलाई उचित प्रतिफल, कर दाखिलासँगै बजार विस्तारमा नम्बर वान

    आर्थीकसंसार संवाददाता५ साउन, २०७९
    ५७९ पटक
    ५ साउन, २०७९

    काठमाडौं । एनआईसी एशिया बैंक २५औं वर्षमा प्रवेश गरेको छ । २०५४ सालमा स्थापना भएको बैंक आजबाट २५औं वर्षमा प्रवेश गरेको हो ।
    यो अवसरमा बैंकले रजत जयन्ती मनाउँदै छ । २५ वर्षको यात्रामा बैंकले सेयरधनीको अप्टिमम् वेल्थ म्याक्सिमाइजेसन गर्ने उद्देश्यलाई केन्द्रमा राखेर अघि बढीरहेको छ । फलस्वरुप आर्थिक वर्ष ०५६/०५७ मा १ कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयरधनीको हालसम्म आइपुग्दा उक्त सेयर संख्या १३.१२ कित्ता पुगेको छ । जसको प्रतिफल आजको बजार मूल्यमा ९ हजार ५२० रुपैयाँ ९७ पैसा बराबर प्रदान गर्न सफल भएको बैंकको दावी छ ।
    त्यसैगरी, बैंकले स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ । गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै बैंकले ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन सफल भएको थियो ।
    बैंकले हाल ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरी बैकिङ्ग सेवा प्रवाह गर्दै आएको छ ।
    ‘यस दौरानमा हामी प्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनिय योगदान दिनु हुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन गर्दछौं । नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं,’ बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्