News Portal

  • हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच एकिकृत कारोबार शुरू, यस्तो हुनेछ कर्पोरेट लोगो

    आर्थीकसंसार संवाददाता१ साउन, २०७९
    ४५८ पटक
    १ साउन, २०७९

    काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्यारेन्स कम्पनीको एकिकृत कारोबार शुरू भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दुई कम्पनीबीच एकिकृत कारोबार शुरू भएको हो ।
    गत वैशाख २२ गते निर्जीवन बीमा कम्पनीहरू एभरेष्ट र हिमालयनले मर्जर सम्झौता गरेका थिए । उक्त मर्जर सम्झौता नेपाली बीमा क्षेत्रको इतिहासमै पहिलो हो । कम्पनीको नाम हिमालयन एभरेष्ट रहने भएको छ । नयाँ कम्पनीको कर्पोरेट लागो पनि सार्वजनिक गरेको छ ।
    हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स १००ः ८५ मा गाभिएका हुन् । एकिकृत कारोबारपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । कम्पनीकाे ३ अर्ब २५ करोड प्रिमियम र ७५ वटा शाखा हुनेछन् । यस्तै, कुल कर्मचारीको संख्या ४४४ रहेनछ ।
    दुई इन्स्योरेन्स मर्जर पश्चात बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार यस मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुनेछ ।

    प्रतिकृया दिनुहोस्