News Portal

  • सजिलो मिल्सबाट अनलाईन फुड डेलिभरी प्रारम्भ

    शिव बस्नेतसाउन २०, २०७७
    ६७२ पटक
    साउन २०, २०७७

    काठमाडौं । सजिलो मिल्स प्रालिले अनलाईन फुड डेलिभरी प्रारम्भ गरेको छ । सजिलो मिल्स प्रालिका अनुसार व्यक्तिले चाहेअनुसारको तयारी खाना घरघरमा पु¥याउने उद्देश्यले सजिलो मिल्सले श्रावण २० गते मंगलबारबाट आफ्नो कारोबार संचालन गर्न गइरहेको छ ।
    कम्पनीले पहिलो चरणमा काठमाडौंभित्र सञ्चालनमा रहेका रेष्टुरेन्टहरुमा तैयार खानाहरु ग्राहको स्वाद, इच्छा र रोजाईअनुसार अर्डर गरेको एक घण्टामा घरमा पु¥याउने प्रालिले लक्ष्य लिएको छ । हालसम्म ३५ वटा रेष्टुरेन्टसँंग यससम्बन्धी सम्झौता भइसकेकोछ । दोस्रो चरणमा घरमा तयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पु¥याउने कार्यक्रम बनाएको छ । घरमा तयार हुने खानाको लागि उपत्यका भित्र पाँचपाँच जना महिलाको समूह बनाई पच्चीस स्थानमा खाना बनाउने केन्द्र पब्लिक प्राइभेट पार्टनरसिपमा तयार गरिनेछ । उनीहरुलाई आवश्यक सामाग्री, तालिम र अरु सुविधा उपलब्ध गराएर रोजगारी सिर्जना गरिनेछ र घरको काम सक्काएर फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादन शिल बनाउने प्रयास गरिने कुरा प्रालिका सञ्चालक तथा को–फाउन्डर रमेशकुमार भट्टराइद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
    लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिहरु मिलेर देशमा केही गरांै भनेर अनलाइन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न गइरहेको हो । अष्ट्रेलिया र क्यानाडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई र इकमर्स विशेषज्ञ डा. सुनिलसिंह सिंजापती तथा लण्डनमा व्यवसाय गरी फर्कका होटल व्यवसायी विष्णुबहादुर कार्की र बैंकर÷बीमा व्यवसायी रमेशकुमार भट्टराईको संयुक्त लगानी रहेको सजिलो मिल्सले उपत्यकावासीको मन जितेर रोजगारी सिर्जनाको साथै गुणस्तरीय कारोबार विस्तार गर्दै जाने भएको छ ।

    प्रतिकृया दिनुहोस्