काठमाडौं । एन आई सी एशिया बैंकले ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुण मुद्दती योजना’ लाई निरन्तरता दिएको छ । बैंकले यही आषाढ १२ गतेदेखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको थियो ।
व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक महानुभावहरू लक्षित गरेर ल्याइएको सो योजनामा देश एवं विदेशमा बस्ने ग्राहकको सहभागीता, रुची एवं चासोलाई सम्मान गर्दै बैंकले यस योजनालाई २०७९ श्रावण मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो । आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको हो ।
उक्त योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउँनेछन् । यस्तै, आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्ने बैंकले जनाएकोे छ ।
यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ल्याएको थियो ।
बैंकले हाल देशभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
एन आई सी एशिया बैंकको १० गुण मुद्दती योजना श्रावण मसान्तसम्म
आर्थीकसंसार संवाददाता३२ असार, २०७९
३२ असार, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान