काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्राण घातक मुटु रोग लागेका बीमितलाई ३० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित मनप्रसाद थापामगरलाई उक्त रकम हस्तान्तरण गरेको हो । बीमित थापामगरले केहि वर्ष पहिले जीवन बीमा गर्दा प्राण घातक रोगको सुबिधा लिएका थिए । सोहि सुविधा लिए बापत उनले यस्तो सुविधा प्राप्त गरेका हुन् ।
कम्पनीले पोखरा ३० पावर हाउस निवासी ३९ वर्षका मनप्रसाद थापामगर लाई पोखरा न्युरोड स्थित इन्स्योरेन्सको कार्यालयमा आयोजित एक कार्यक्रममा क्षेत्रिय कार्यालय पोखराका प्रमुख हरि शर्मा पौडेलले ३० लाखको चेक प्रदान गरेका छन् ।
सो अवसरमा यसप्रकारको सुविधा ५ लाखदेखि ५० लाखसम्म मात्र लिन पाईने र कम्पनीले २० वटा रोगलाई प्राण घातक रोगमा समाबेस गरेको क्षेत्रिय कार्यलय पोखराका प्रमुख हरि शर्मा पौडेलले वताए ।
थापाले जीवन बीमा गर्दा प्राण घातक रोगको लागि ३० लाखको बीमा गरेको १ वर्ष पुरा भएर दोश्रो वर्ष लागेको बीमा कम्पनीका बरिष्ठ क्षेत्रिय मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सिनाले वताए ।
त्यसैगरी उक्त कार्यक्रममा कम्पनीका मार्केटिङ अधिकृत प्रकाश रेग्मी, सिनियर एजेन्सी मेनेजर कृष्ण भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, एजेन्सी मेनेजर बाबुराम लामिछाने, एजेन्सी मेनेजर बिनिता सुबेदी भण्डारी, एजेन्सी लिडर शरण पन्त, एजेन्सी मेनेजर गणेश कुमार श्रेष्ठ, लिडर सिता कुमाल, लिडर भोलानाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
गुराँस लाइफले प्राण घातक रोग लागेका बीमितलाई दियो ३० लाखको दाबी भुक्तानी
आर्थीकसंसार संवाददाता३१ असार, २०७९
३१ असार, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न