आर्थीकसंसार संवाददाता
काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी विचमा मर्जरको सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज होटल अलफ्टमा सम्पन्न भएको एक कार्यक्रममा दुबै कम्पनीका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
महालक्ष्मी लाइफले सर्वसाधारणका लागि आइपिओ निष्काशन नगरेकाले संस्थापक र सर्वसाधारण शेयरधनी संरचनाका लागि एफपिओ निष्काशन गर्न सक्ने छ । एफपिओ निष्काशन पछि बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुरा हुनेछ ।