News Portal

  • लुम्बिनी जनरल इन्स्योरेन्समा नयाँ संचालक समिति चयन

    अध्यक्षद्वारा पद तथा गोपनियता ग्रहण

    आर्थीकसंसार संवाददाता३० असार, २०७९
    ६१६ पटक
    ३० असार, २०७९

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ (चार) सञ्चालक पदमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी बिकास बैंक लि.) निर्बिरोध निर्वाचित हुनुभएको घोषणा निर्वाचन अधिकृतबाट गरियो ।
    त्यसैगरी आजै सम्पन्न नवनिर्वाचित सञ्चालकहरु समेतको बैठकले सञ्चालक समितिको अध्यक्षमा मनोहर दास मुललाई नियुक्त गरेको छ ।
    नवनियुक्त अध्यक्ष मनोहर दास मुललाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समितिको कार्यालयमा आजै पद तथा गोपनियताको सपथ गराउनु भयो । सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक श्री राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र कम्पनी सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्