News Portal

  • हिमालयन र सिभिल बैंक विच मर्जरको सम्झौता, १००: ८१ को अनुपातमा सहमति

    आर्थीकसंसार संवाददाता२९ असार, २०७९
    ५८४ पटक
    २९ असार, २०७९

    काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक विचमा मर्जरको सहमिति भएको छ । दुबै बैंकका अध्यक्षले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । मर्जरका लागि दाववमा रहेको हिमालयलले अन्तत सिभिल बैंकलाई ८१ रुपैयाँ दिएर प्राप्ति गर्ने भएको छ ।
    गत शुक्रवार मर्जरको सहमित भएर भाडिए पनि आज भने संझौतापत्रमा हस्ताक्षर भएको छ । लगातारको छलफल पछि दुबै मर्जरको सहमतिमा पुगेका हुन् । मर्जर पछि बैंकको नाम हिमालयन रहने सहमति भएको छ ।
    हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक विच मर्जरको सहमितपत्रमा हस्ताक्षर भए पछि सिभिललाई पनि गाभ्ने छलफल भएको थियो । तत्कालिन समयमा स्वाप रेसियोमा कुरा नमिलेर मर्जर हुन सकेको थिएन । दुबै बैंकमा कर्मचारी सञ्चयकोषको सर्वाधिक शेयर भएकाले यस मर्जरको सफलता असफलतामा कर्मचारी सञ्चयकोषको भुमिका रहनेछ ।
    हाल हिमालयनको चुक्ता पूँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । त्यस्तै सिभिलको ९ अर्ब ७ करोड रुपैयाँ रहेको छ । अहिले सहमति भएको स्वाप रेसियो अनुसार सभिल बैंकको ७ अर्ब ८५ करोड रुपैयाँ हिमालयनमा जोडिनेछ । मर्जर पछि चुक्ता पूँजी २० अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्