News Portal

  • गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पतालमा गर्याे वृक्षारोपण

    आर्थीकसंसार संवाददाता२८ असार, २०७९
    ५०९ पटक
    २८ असार, २०७९

    काठमाडौं । गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षारोपण गरेको छ । बैंकले मंगलबार करिब २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल परिसरमा रोपेको हो ।
    बढ्दो जलवायू परिवर्तनलाई मध्यनजर गर्दै वृक्षारोपण गरेको बैंकले जनाएको छ ।
    उक्त वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल उपस्थिती रहेको थियो ।
    गरिमाविकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्