News Portal

  • सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२८ असार, २०७९
    ३७४ पटक
    २८ असार, २०७९

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेटसम्बन्धी सम्झौता भएको छ ।


    बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ । यस सम्झौतापश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका डेबिट कार्डलगायत क्रेडिट कार्डवाहकहरुले सम्बन्धित कार्डको शर्त बन्देज तथा सुविधाको अधीनमा रही क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेछ । मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन ।
    क्रेडिट कार्डवाहकहरुले समेत क्यआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुनेछ ।
    उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीू र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबद्र्धन अधिकृत शंकर केसीले हस्ताक्षर गर्नुभयो ।
    सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्