News Portal

  • ज्योति विकास बैंकको धुलाबारी र अत्तरिया शाखा उद्घाटन

    आर्थीकसंसार संवाददाता२७ असार, २०७९
    ४३१ पटक
    २७ असार, २०७९

    काठमाडौं । ज्योति विकास बैंकले २०७९ साल असार २७ गते सोमबार धुलाबारी र अत्तरियामा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुँच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो ।
    मेचीनगर नगरपालिका–१०, झापास्थित धुलाबारी शाखाको समुद्घाटन बैंकका पूर्व अध्यक्ष तथा बैंकका संस्थापक शेयरधनी ध्रुबकुमार उप्रेती र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो ।
    साथै, गोदावरी नगरपालिका–२, कैलालीस्थित अत्तरिया शाखाको समुद्घाटन गोदावरी नगरपालिका मेयर वीरेन्द्र भट्ट र बैंकका संस्थापक शेयरधनी तथा साबिक राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेमबहादुर भण्डारीले संयुक्त रुपमा गर्नुभएको थियो ।
    उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टलगायत विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।
    नयाँ शाखाहरुको उद्घाटन अवसरमा बैंकले धुलाबारी र अत्तरिया शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५% छुटलगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्