News Portal

  • एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रालिबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२६ असार, २०७९
    ४७० पटक
    २६ असार, २०७९

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रालिबीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वित हुने गरी सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । उतm समझदारी पत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसन प्राइभेट लिमिटेडको तर्फबाट महाप्रबन्धक राजु के.सीले हस्ताक्षर गर्नुभएको छ ।
    सम्झौतापश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायी जटिलताको वृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानीसम्बन्धी सम्पूर्ण सेवाहरुसमेत प्रभावकारी रुपमा ग्राहकहरुलाई उपलब्ध गराइने भएको छ । भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानीसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा सञ्चालन गरिनेसमेत जानकारी गराइएको छ ।

    प्रतिकृया दिनुहोस्