News Portal

  • सामाजिक सुरक्षा कोषका योगदानकर्ताले तोकिएका अस्पतालमा उपचार गराउनुपर्ने

    आर्थीकसंसार संवाददाता२५ असार, २०७९
    ३०५ पटक
    २५ असार, २०७९

    काठमाडौं । सामाजिक सुरक्षा कोषले कोषमा आवद्ध योगदानकर्ताले स्वास्थ्य उपचार सेवाको लागी अस्प्तालहरु तोक्न थालेको छ ।
    कोषले स्वास्थ्य उपचार सेवाको लागी तोकिएको स्वास्थ्य संस्थाबाट मात्र उपचार गराउन काठमाण्डौं उपत्यकासहित ११ वटा क्षेत्रका योगदानकर्तालाई सार्वजनिक सूचना मार्फत् आग्रह गरेको छ ।
    कोषले अनलाइन सेवा प्रारम्भ गरेसँगै साउन १ गतेदेखि अनिवार्यरुपमा कोषको प्रणालीमा आबद्ध स्वास्थ्य संस्थाबाट मात्र उपचार गराउनको लागी आग्रह गरेको हो । कोषले तोकेका बाहेकको स्वास्थ्य संस्थाबाट उपचार गराउँदा उपचार सेवा उपलब्ध नहुने समेत जानकारी दिएको छ ।
    कोषका अनुसार औषधी उपचार सेवा प्राप्त गर्नको लागी लाग्ने शुल्कको २० प्रतिशत रकम योगदानकर्ता स्वयम्ले व्यहोर्नुपर्नेछ । कोषले काठमाण्डौं उपत्यकाको तीनवटै जिल्ला, झापाको बिर्तामोड र आसपासका क्षेत्रहरु, मोरंगको औद्योगिक क्षेत्र, सप्तरीको राजविराज र आसपासका क्षेत्र, सर्लाहीको हरिऔन र आसपासका क्षेत्र, पर्साको वीरगंज र आसपासका क्षेत्र, बाराको जीतपुर,सिमरा,कलैया र आसपासका क्षेत्र, चितवनको भरतपुर र आसपासका क्षेत्र, रुपन्देहीको भैरहवा र आसपासको क्षेत्र, बाँकेको कोहलपुर र नेपालगन्ज आसपासका क्षेत्र, काभ्रेको बनेपा,धुलिखेल र आसपासका क्षेत्र सहित ११ वटा क्षेत्रको लागी स्वास्थ्य संस्था निर्धारण गरेको हो । यी क्षेत्रका योगदानकर्ता कर्मचारी, मजदुरले अनिवार्यरुपमा कोषले तोकेकै संस्थाबाट उपचार गराउनुपर्नेछ ।
    कोषले काठमाण्डौं उपत्यकाको लागी हेल्पिङ ह्याण्डस सामुदायीक अस्पताल चाबहिल, शिक्षण अस्पताल महाराजगंज, कोभिड १९ अस्पताल वीर अस्पताल, अर्थोपेडिक अस्पताल जोरपाटी, दृष्टी आइकेयर, केएमसी सिनामंगल, पाटन अस्पताल र मनमोहन मेमोरियल स्वयम्भू निर्धारण गरेको छ ।

    प्रतिकृया दिनुहोस्