काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, सोमबारबाट लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर पुनः सुचारु गरेको छ ।
यसअघि विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण न्युनीकरण गर्न लागु गरिएको निषेधाज्ञाका कारण स्थगित गरिएको थियो । अहिले निषेधाज्ञा खुकुलो भएसँगै बैंकले बोलपत्र खरिद तथा दाखिला गर्न थप समय राखी पुनः सुचारु गरेको जनाएको छ ।
बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्काशन (तेस्रो संशोधन) नियमावली २०७६ मा भएको व्यवस्थाअनुसार संस्थापक समूहको ३ लाख १६ हजार १ सय ५६ कित्ता शेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको हो । उक्त लिलामी शेयरमा खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलगायत अन्य व्यक्ति तथा संगठित संस्थाले आज भाद्र ३० गतेबाट असोज ४ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १४० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीको लागि १० अंकको गुणामा नेपाल राष्ट्र बैंकले तोकेको प्रति व्यक्ति संस्था सीमाको अधीनमा रहने गरी अधिकतम ३ लाख १६ हजार १ सय ५६ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
बैंकको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लिलामी शेयरमा प्राप्त शिलबन्दी बोलपत्रहरु असोज ५ गते सोमबार १०ः३० बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा खुल्ने पनि बैंकले जनाएको छ ।
बैंक अफ काठमाण्डूको संस्थापक समूहको स्थगित लिलामी शेयर पुनः सुचारू
आर्थिकसंसार डटकम३० भदौ, २०७७
३० भदौ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने