News Portal

  • मेट लाइफको मोबाइलबाटै बीमा जानकारी लिन सकिने नयाँ एप सार्वजनिक

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०७७
    ६७२ पटक
    २९ भदौ, २०७७

    काठमाडौं । मेट लाइफले आफ्ना ग्राहकहरुलाई बीमासम्बन्धी सेवा र सुविधालाई थप सहज बनाउन र बीमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएकोे छ ।
    मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइलमार्फत मेटलाइफको विभिन्न सेवाहरुमा पहुँच बढाउने छ । डिजिटल थिमअन्तर्गत सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले मेटलाइफका कर्मचारीहरु र फिल्ड फोर्सहरुको उपस्थितिमा भ्युचअल कार्यक्रम मार्फत उक्त एपको अनावरण गरेका थिए । मेटलाइफ नेपालको ग्राहक सेवा एप दुबै आईएसओ एप स्टोर र एन्ड्रोइडबाट निःशुल्क डाउनलोडको लागि उपलब्ध हुनेछ ।
    एक पटक ग्राहकले सुरक्षित रूपमा एपलाई लगइन गरेपछि ग्राहकरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तानी गरिएको र भुक्तानी गरिएको प्रीमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी हेर्न सक्नेछन् । ग्राहकहरूले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन् । मेटलाइफ नेपालको एपमा सम्पर्क बिवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको छ ।
    नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्नेछन साथै यदि कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेश गर्न सक्नेछन् ।
    उपलब्ध विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन् ।। उक्त एपमा प्रीमियम क्यालकुलेटर पनि समावेश गरिएको छ, जस अन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरुको सोधपुछ गर्न सक्नेछन् ।
    मेटलाइफका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले मेटलाइफ नेपाल ग्राहकहरुका लागि आफ्नो डिजिटल क्षमता विस्तार गर्न प्रतिबद्ध रहेको र ग्राहकहरुले घरमै बसेर सेवाहरु प्राप्त गर्न उदेश्यले यस सेवा ल्याएको बताए ।

    प्रतिकृया दिनुहोस्