News Portal

  • अजोड इन्स्योरेन्स लिमिटेडको आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२१ असार, २०७९
    ६४६ पटक
    २१ असार, २०७९

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आज आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ (तेत्तीस) जना दाता व्यक्तिहरुले रक्तदान गर्नुभयो र सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं जिल्ला टोखा नगरपालिका–९, गोंगबुस्थित हिमालयन बृद्घा आश्रममा आश्रित ४३ (त्रिचालिस) जना बृद्घ तथा बृद्घाहरुको लागि खाद्यान्न सहयोग कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा बृद्घा आश्रमकी अध्यक्ष श्रीमती सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गर्नुभयो सो कार्यक्रममा अतिथि उपप्रमुख मुरारी तामाङ्ग र अतिथि वडा नंं ९ का वडाअध्यक्ष रामभक्त घिमिरे, आश्रमका अन्य संचालक तथा अजोड ईन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


    मिति २०७५।०३।२१ देखि आफ्नो व्यवसायिक कारोवार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बीमा काउण्टर र ३ वटा तेस्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीमा ३२३ जना कर्मचारी कार्यरत रहेका छन भने आधारभुत निर्जीवन बीमा अभिकर्ता ४५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता ३१७ जना कृषि तथा पशुपन्छी क्षती मूल्याङ्कनकर्ता ३९ जना र १२२ जना बीमा सर्भेयरहरु सूचिकृत रहेका छन् ।
    त्यसैगरी कम्पनीले आ.व. २०७८।०७९ को आषाढ २० सम्ममा १,२२,९६५ बीमालेख जारी गरी कुल बीमा शुल्क रु. १ अर्व ५६ करोड आर्जन गरेको साथै कुल दाबी भुक्तानी संख्या ५०२६ मार्फत कुल दाबी भुक्तानी रकम रु.७१ करोड ५८ लाख भुक्तनी गरिसकेको छ । कम्पनीको चुक्ता पुँजी रु. १ अर्व भएको जगेडा तथा कोषमा रु. १३ करोड ९५ लाख र बीमा कोषमा रु.१५ करोड ९२ लाख संचित गरी सम्पूर्ण बीमितहरुको विश्वास जित्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्