News Portal

  • ग्लोबल बैंकद्धारा बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०७७
    ६२९ पटक
    २९ भदौ, २०७७

    काठमाडों । ग्लोबल आइएमई बैंक लिमिटेडले बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका–१४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ ।
    एक्सटेन्सन काउण्टरको उद्घाटन बाग्लुङ्ग क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले गरेका थिए । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
    ग्लोबल बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्