News Portal

  • गुराँस लाइफद्धारा १३ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता१८ असार, २०७९
    ६५५ पटक
    १८ असार, २०७९

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले सर्लाही जिल्ला, लालबन्दी नगरपालिका वडा नं.०१ बसोबास गर्ने बीमित स्व.चन लाल मोक्तानको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ ।
    कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले उनको इच्छाइएको व्यक्ति श्रीमती सितामाया मोक्तानलाई १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । स्व.चन लाल मोक्तानको क्यान्सर रोगबाट मृत्यु भएको थियो ।
    कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षति विरुद्धको सुरक्षा पनि भएकोले जीवन बीमा सबैका लागि अपरिहार्य रहेको बताए ।

    प्रतिकृया दिनुहोस्