News Portal

  • बैंक अफ काठमाण्डूका ग्राहकलाई युरोपा फिटनेसमा २५ प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता१७ असार, २०७९
    ५६५ पटक
    १७ असार, २०७९

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले युरोपा फिटनेस सेन्टरमा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू र युरोपा फिटनेस सेन्टरबीच सो सम्झौता भएको हो ।
    सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने विभिन्न फिटनेसमा एकमुष्ठ रुपमा छुट पाउने छन् ।
    युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
    बैंकले हाल १०३ शाखा कार्यालयहरु, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्