News Portal

  • सेञ्चुरी बैंकका ग्राहकलाई सिद्धार्थनगर सिटी अस्पतालमा विशेष छुट

    आर्थीकसंसार संवाददाता१७ असार, २०७९
    ४२५ पटक
    १७ असार, २०७९

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहक तथा कर्मचारीले सिद्धार्थनगर सिटी अस्पतालको सेवा सुविधामा १० प्रतिशतसम्म पाउने भएका छन् । सो सम्बन्धमा बैंकको भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता भएको छ ।
    सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट हुने छ । त्यस्तै, ओपिडी टिकट, ल्याव शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड÷क्याविन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
    उक्त सम्झौतापत्रमा सिद्धार्थनगर सिटी अस्पतालका तर्फबाट प्रवन्ध निर्देशक अर्जुन पौडेल र बैंकको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरेका हुन् ।
    हाल बैंकले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्