News Portal

  • गरिमा बैंकले दियो ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री

    आर्थीकसंसार संवाददाता१६ असार, २०७९
    ५६६ पटक
    १६ असार, २०७९

    काठमाडौं । गरिमा विकास बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ ।
    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बिहीबार ट्राफिक प्रहरी बृत जनसेवा न्यूरोडलाई जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको हो ।
    बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न ट्राफिक जनचेतनामूलक सामग्री उपयोगी हुने बैैंकले विश्वास लिएको छ ।
    बैंकले हाल १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्