News Portal

  • गोर्खाज फाइनान्सको चार नयाँ योजना, बचत गरेको रकम ९ वर्षमा तेब्बर

    आर्थीकसंसार संवाददाता१६ असार, २०७९
    ४७० पटक
    १६ असार, २०७९

    काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चार वटा आकर्षक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । गोर्खाज फाइनान्स लिमिटेडमा विशेष गोर्खाज बचत खाता खोल्दा दिर्घरोग बीमा तथा दुर्घटना बीमाको सुविधा पाउनुको साथै निशुल्क मोबाइल बैकिङ्ग, निशुल्क एटिएम, निशुल्क डिम्याट लगायतका सुविधा पाइने छ ।
    यस्तै, फाइनान्सले एकको दुई र एकको तीन आकर्षक मुद्दती निक्षेप योजना समेत सार्वजनिक गरेको छ । वित्तीय संस्थामा बचत गरेको निक्षेप ५ वर्ष ९ महिनामा दोब्बर र ९ वर्षमा तेब्बर हुने जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले जानकारी दिए ।
    उनले आगामी दिनमा निक्षेप तथा कर्जामा थप नविनतम योजनाहरु ल्याउने र व्यापार व्यवसायको दायरा फराकिलो बनाउने उद्देश्यको साथ कार्य गरिरहेको बताए ।
    फाइनान्सको हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको छ ।

    प्रतिकृया दिनुहोस्