News Portal

  • गुराँस लाइफद्धारा दुई परिवारलाई साढे १६ लाख मृत्यु दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता१६ असार, २०७९
    ४८६ पटक
    १६ असार, २०७९

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले दुईवटा मृत्यू दावी रकम भुक्तानी गरेको छ । कम्पनीले औपचारिक कार्यक्रम गरी दुई घर परिवारलाई मृत्यु दाबी वापत साढे १० लाख र ६ लाखको चेक मृतकका आफन्तलाई हस्तान्तरण गरेको हो ।
    इन्स्योरेन्स इलाम शाखा मार्फत बीमा गरेका सन्दकपुर गाँपालिका वडा नम्वर एक बस्ने इच्छा बहादुर मुखीयाको मृत्यु पछि बीमितकी श्रीमती अन्जु राई मुखीयालाई दश लाख ५१ हजारको चेक हस्तान्तरण गरिएको हो । कम्पनिका प्रदेश एकका प्रमुख श्रीधर श्रेष्ठले चेक हस्तान्तरण गरेका हुन् ।
    मृतक इच्छा बहादुरको पाँच लाखको बीमा गरिएको थियो उनको दुर्घटनाबाट मृत्यु भएपछि कम्पनीले दोब्बर भुक्तानी गरेको कम्पनीका अर्जुन पोख्रेलले जनाए। इच्छाबहादुरले बीमा पछि दुई किस्ता रकम जम्मा गरेका थिए ।
    साथै माई नगरपालिका महमाई बस्ने भक्त लिम्बुको मृत्यु पछि उनकी श्रीमती निर्मला कम्वललाई चेक हस्तान्तरण गरिएको हो । पाँच लाखको बीमा गरेर चार किस्ता जम्मा गरेका भक्तबहादुरको केही समय अगाडी मृत्यू भएको थियो ।
    भक्त बहादुरको प्राकृतिक मृत्यू भएपछि पाँचलाखको बीमा गरेका कारण पाँच लाख र जम्मा गरिएको किस्ताको बोनस सहित हस्तान्तरण गरिएको बताइएको छ । सो चेक समेत कम्पनिका प्रदेश एकका प्रमुख श्रीधर श्रेष्ठले नै प्रदान गरेका हुन् ।
    चेक हस्तान्तरण पछि विमितको आश्रीत परिवारको तर्फबाट कम्पनीलाई धन्यवाद दिँदै सबैलाई आफु र आफ्ना परिवारको बीमा आवश्यक परेको बताए । आफ्ना आफन्त नरहे पनि बीमा मार्फत रकम पाएपछि केही राहत मिलेको परिवारका सदस्यहरुको भनाई थियो ।

    प्रतिकृया दिनुहोस्