News Portal

  • “सेञ्चुरी डिबेन्चर २०८८” को सूचीकरणसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता१६ असार, २०७९
    ५९६ पटक
    १६ असार, २०७९

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्र २०८८ को सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
    सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको २२,००,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०७९÷०३÷१५ गतेको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको छ ।

    प्रतिकृया दिनुहोस्