News Portal

  • सानिमा जनरलको विशेष साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१५ असार, २०७९
    ७३३ पटक
    १५ असार, २०७९

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैंकले तय गरेको मिति अनुरुप आज विशेष साधारणसभा सम्पन्न भएको हो । उक्त साधारणसभा धुम्रबाराही पार्टी प्यालेसस्थित विहान १० बजेदेखि सञ्चालन भएको थियो ।
    सभामा चल–अचल सम्पत्ति, दायित्व मूल्याङ्कन गर्नका लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ताको नियुक्ति, निजको पारिश्रमिक तोक्ने तथा मर्जर सम्बन्धमा प्रस्ताव पारित भएको हो । साथै सभाले मर्जरको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गरेको छ ।
    कम्पनीले सभा प्रयोजनका लागि असार ८ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरुको उपस्थितिमा साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्