News Portal

  • बैंक अफ काठमाण्डूको सरल किस्ताबन्दीमा विद्युतीय उपकरण खरिद योजना

    आर्थिकसंसार डटकम२८ भदौ, २०७७
    १४५१ पटक
    २८ भदौ, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूले घरायसी विद्युतीय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी घरायसी विद्युतीय उपकरण सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको जनाएको छ ।
    बैंकका अनुसार योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकले सीजी, एलजी, गोद्रेज, टीसीएल, सेन्सेई, ईलीका, केन्ट तथा ब्याक एण्ड डेकोर ब्राण्डको घरायसी विद्युतीय उपकरणहरु किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । योजनाअन्तर्गत बैंकको क्रेडिट कार्ड बाहक ग्राहकले उक्त ब्रान्डहरुका घरायसी विद्युतीय उपकरणहरु जस्तै टिभि, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसीन, एसी, माईक्रो वेभ, भ्याकुम क्लिनर, डिश वासार किस्तामा खरिद गर्न सक्नेछन् । त्यस्तै स्ट्यालर, वाटर प्रुफिङ्ग सिस्टम, चिम्नी र किच्चेन एप्लाईन्सेस किस्तामा खरिद गर्न खरिद गर्न सकिने बैंकले जनाएको छ ।
    बैंकका अनुसार क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतीय उपकरण खरिद गर्दा ग्राहकलाई कुनै पनि ब्याज लाग्ने छैन । बैंक र सीजी डिजिटलबीच भएको व्यापारीक सम्झौताअन्तर्गत ग्राहकले कुमारीपाटी, रविभवन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तीगौंडा, इटहरी तथा भरतपुरको सोरुमहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ । यस इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजनाको बारेमा थप जानकारी आवश्यक भएमा ग्राहकले बैंकको कार्ड सेन्टरको टेलिफोन नम्बरमा सिधै सम्पर्क गर्न सकिने बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्