News Portal

  • प्रकृतिले जन्मदिनमा पाइन् एशियन लाइफको बाल भविष्य पल्स बीमा योजना उपहार

    आर्थीकसंसार संवाददाता१३ असार, २०७९
    ४४८ पटक
    १३ असार, २०७९

    काठमाडौं । जन्मदिनको अवसरमा आफना आफ्नतालाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय विवाह, ब्रतबन्ध, चाडपर्वमा जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो परिवारको भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको हो ।
    यसैबीच सिन्धुलीको कमलालाई नगरपालिका–१३ बस्ने गोविन्द बारकोटीले सोमबार साँझ आफ्नो छ बर्षीय छोरी प्रकृतिलाई पाँच लाखको बीमा पोलीसी उपहार दिएका छन् । उनले एशियन लाइफ इन्सोरेन्स कम्पनीको बाल भविष्य पल्स बीमा योजना आफ्नो छोरीलाई उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।
    छोरीको जन्म दिनको अवसरमा बिमा पोलिसी उपहार दिन पाउदाँ धेरै खुशी भएको प्रकृतिकी आमा सरिता बारकोटीले बताइन् । उनले भनिन् छोरीलाई भविष्यमा आइपर्ने भव्यतव्यमा बीमाले साथ दिने भएकाले हामीले अरु सामानभन्दा पनि बीमा पोलिसी उपहार दिएका हौं ।
    बारकोटीले जन्मदिनमा गरिने खर्चले बीमा गर्दा आर्थिक जोखिम कम हुनुका साथै बचत पनि हुने भएकाले आफनो छोरीको जन्मदिनमा उक्त बीमा पोलिसी उपहार दिएको जनाएका छन् ।
    अभिकर्ता पुष्पा अधिकारीले प्रकृतिको शिक्षा खर्च व्यवस्थापनको लागि यस बीमा पोलीसीले सहयोगी हुने बताइन् । बीमा सचेतना बढ्दै गएको बेला फजुल खर्च कटौती गरी जन्म दिनमा थोरै रमक बचतको सुरुवातले उच्च शिक्षामा योगदान पु(याउनुको साथै जोखिम बहन समेत हुने अभिकर्ता अधिकारीले बताएकी छिन् ।

    प्रतिकृया दिनुहोस्