News Portal

  • सनराइज बैंकको ग्रिनपिन सेवा सुरु

    आर्थिकसंसार डटकम२८ भदौ, २०७७
    १२७९ पटक
    २८ भदौ, २०७७

    काठमाडौं । सनराइज बैंकले सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई सुरक्षित र सहज बनाउने उद्देश्यले ग्रिनपिन सेवा सुरु गरेको छ । यो सेवा सुचारु भएसँगै अब बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ । ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सनराइज बैंककोे एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएसमार्फत ग्रिनपिन प्राप्त गर्नेछन् ।
    सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुदाँ यो सुविधा पहिलेभन्दा अझै सुरक्षित हुने बैकको विश्वास छ । यसका साथै, कागजी पिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पुनःपिन कोड माग्नुपर्ने अवस्थामा समेत ग्राहकले बैंकका कुनै पनि शाखामार्फत निवेदन दिएपश्चात तत्कालै कागज बिहीन ग्रिन पिन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्