News Portal

  • एमडीआरटीका लागि रिलायन्स लाइफका दुई अभिकर्ता अमेरिका प्रस्थान

    आर्थीकसंसार संवाददाता१२ असार, २०७९
    ४३३ पटक
    १२ असार, २०७९

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्सका नमीता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । उनीहरु मिलिनियम डलर राउण्ड टेवल २०२२ को बार्षिक सभामा भाग लिन अमेरिका गएका हुन् ।
    यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ताहरुमध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ ।
    बीमा क्षेत्रमा लागेको केही बर्षमै एकपछि अर्को सफलता प्राप्त गर्दै गइरहेका अभिकर्ता लिडर दुबैलाई रिलायन्स लाइफ इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । सो कार्यक्रममा दुबै लिडरलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै राष्ट्रिय भावनाको प्रतिक राष्ट्रिय झण्डा समेत हस्तान्तरण गरिएको थियो ।
    आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले अमेरिकामा हुने सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बीमा माझ प्रस्तुत गरेर बीमा क्षेत्रको विकासमा योगदान दिन दुबै लिडरलाई अनुरोध गरे । बीमाकर्मी नमीता न्योपानेले आफु सदैव बीमा क्षेत्रको बिकासमा लागिरहने बताउँदै यस्तो मौका श्रृजना हुने वातावरण प्रदान गरेकोमा कम्पनीप्रति धन्यवाद दिइन् ।
    रिलायन्स लाइफका अग्रणी अभिकर्ता नमीता न्यौपाने यसअघि पनि ३ पटक एमडीआरटी तथा सीओटीको रुपमा सो कार्यक्रममा छनौट भइसकेकी थिइन् । त्यस्तै, अभिकर्ता कमल दाहाल दोश्रो पटक सो कार्यक्रममा छनौट भएका हुन् । सक्रिय सामाजिक अभियन्ता न्यौपाने तथा सहकारीकर्मी समेत रहेका दाहाल नेपाली बीमा क्षेत्रका उत्कृष्ट अभिकर्ता तथा धेरै बीमाकर्मीका प्रेरणाको श्रोत रहेको कम्पनीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्