News Portal

  • कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ्ग सेवा कैलालीको अमौरामा

    आर्थीकसंसार संवाददाता१०, २०७९
    २२५ पटक
    १०, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंकले थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा शुक्रबारबाट कैलाली जिल्लाको जानकी गा.पा. वडा नं. ०५ को अमौरामा शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हाे ।
    बैंकले राम चौधरी तयारी पोसाक उद्योग (प्रो. राम चौधरी) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेकाे छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन वडा नं. ०५ का वडा अध्यक्ष भिम बहादुर चौधरीले गरेका थिए ।
    साे शाखारहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएकाे छ ।

     

    प्रतिकृया दिनुहोस्