News Portal

  • सानिमा लाइफद्धारा एजेन्सी म्यानेजर सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता७ असार, २०७९
    ६९९ पटक
    ७ असार, २०७९

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको नारायणघाट शाखाले आफ्ना एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममको संचालन हाकिमचोक शाखा प्रमुख नारायणजन रेग्मीले गरेका हुन् । कार्यक्रममा स्वागत मन्तव्य शाखा प्रमुख बिकास भुषालले गरेका थिय भने प्रशिक्षकको रूपमा सानिमा लाइफ इन्स्योरेन्सको मुख्य प्रबन्ध गणेश चौलागाईं रहेका थिए ।
    सानिमा लाइफ इन्स्योरेन्सको मुख्य प्रबन्ध गणेश चौलागाईंले बीमाको बारेमा र बीमाको महत्वको बारेमा प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा बीमाको महत्त्व अभिकर्ताको भुमिका र यस क्षेत्रका बीमित हरुको सुरक्षा र सुविधाको लागी गाँउ गाँउमा सानीमा घर घर मा बीमा विकास र विस्तार गर्नको लागि कसरी लागि पर्ने लगायतको विषयमा प्रशिक्षण दिएको थियो ।
    कार्यक्रममा उत्कृष्ट काम गर्ने एजेन्सी म्यानेजरहरुलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा ८० जना उपस्थित भएका थिए ।

    प्रतिकृया दिनुहोस्