News Portal

  • कुमारी बैंकका ग्राहकलाई बुटवलको महाराजा रिसोर्टमा छुट

    आर्थीकसंसार संवाददाता७ असार, २०७९
    २२७ पटक
    ७ असार, २०७९

    काठमाडौं । कुमारी बैंक बुटवल स्थित महाराजा रिसोर्टबीच सम्झौता भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई रिसाेर्टकाे सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नविन मुनि बज्राचार्यले तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरेका छन् ।
    यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
    कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्