News Portal

  • नबिल बैंकको कामु सीईओमा शाक्य नियुक्त

    आर्थीकसंसार संवाददाता७ असार, २०७९
    ३७३ पटक
    ७ असार, २०७९

    काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । असार ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यलाई कामु सीईओमा नियुक्त गरेको हो ।
    सीईओ अनिल केशरी शाहको कार्यकाल सकिएसँगै बैंकले शाक्यलाई कामुको जिम्मेवारी दिएको हो । यससँगै शाक्यले असार ७ गतेदेखि आफ्नो कार्यभार सम्हालिसकेका छन् ।
    शाक्यले इन्स्टिच्युट अफ प्रोडक्टिविटी म्यानेजमेन्ट, लखनऊ, यूपी, भारतबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर डिप्लोमा गरेका छन् । उनीसँग नेपालका विभिन्न बैंकहरू नेपाल श्रीलंका मर्चेन्ट बैंक लिमिटेड, हिमालयन बैंक, लक्ष्मी बैंक, बैंक अफ एशिया नेपाल, एनआईसी एशिया बैंक, सिभिल बैंक, जनता बैंक र ग्लोबल आईएमईमा २३ वर्ष काम गरेको अनुभव छ ।

     

    प्रतिकृया दिनुहोस्