News Portal

  • कामना सेवा विकास बैंकको शौचालय अब ‘पब्लिक ट्वाइलेट’

    आर्थीकसंसार संवाददाता७ असार, २०७९
    २७४ पटक
    ७ असार, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिकाभित्र रहेका शाखाहरु शौचालय ‘पब्लिक ट्वाइलेट’ बनाउने निर्णय गरेको छ । बैंकले महानगरभित्रको ८ वटा शाखा कार्यालयका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने गरी आज काठमाडौँ महानगरपालिकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
    सम्झौतामा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बसनेतले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नितीअनुरुप बैंकले पनि एक्यबद्धता जनाएको बताए ।
    काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो ।
    बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्ने जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्