News Portal

  • कुमारी बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०७७
    ११६६ पटक
    २७ भदौ, २०७७

    काठमाडौं । कुमारी बैंक लिमिटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सुदूरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कञ्चनपुरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागी आज महेन्द्रनगर वजारमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।
    उक्त कार्यक्रममा बैंकका कञ्चनपुर शाखा, झलारी शाखा तथा चादनीदोधारा शाखाका कर्मचारीहरु समेतको पनि उपस्थिति रहेको थियो । बैंकको प्रादेशिक कार्यालयबाट विहान ९ बजे देखि सुरु भई चम्मन चौराहाबाट सब्जीमण्डी हुँदै महेन्द्रनगर बजारको १, २, ३, ४ र ५ नं. गल्ली परिक्रमा गरी बैंकको प्रादेशिक कार्यालयमा ११ बजे समापन भएको थियो । उक्त कार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिँडेका विभिन्न व्यक्तिहरुलाई १००० थान मास्क तथा १५० थान हयान्ड स्यानिटाईजर वितरण गरेको थियो ।
    कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्यानीेटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुन पानीले हात धुनेजस्ता विविध सचेतनामुलक नारा लेखिएका ब्यानर तथा प्ले–कार्ड बोकेर सोमार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि पूर्वसावधानीका सन्देश दिइएको थियो ।
    सुदूरपश्चिम प्रादेशीक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि यो कार्यक्रम निकै उपयोगी हुने साथै आगामी दिनमा पनि सचेतनामुलक कार्यक्रमहरु अन्य स्थानमा पनि गर्दै जाने जानकारी गराउनु भयो । कुमारी बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा एटीएम सञ्चालनमा रहेको छ भने देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग सेवा र १०८ एटीएम सञ्चालनमा रहेको छ । साथै बैंकले लकडाउनमा पनि सुरक्षाका उपायहरु अपनाई बैंकिङ्ग सेवाहरु दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्