News Portal

  • प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिकाबीच छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता६ असार, २०७९
    ३७६ पटक
    ६ असार, २०७९

    काठमाडौं । हिजो मिति २०७९ असार ०५ गतेका दिन प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिका प्रालिबीच, मणिग्राम विश्राम वाटिका प्रालिमा आकर्षक छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र मणिग्राम विश्राम वाटिका प्रालिका तर्फबाट निर्देशक गिरीशमणि आचार्य दीक्षितद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र मणिग्राम विश्राम वाटिका प्रालिबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले मणिग्राम विश्राम वाटिका प्रालिद्वारा सञ्चालित होटलमा फुडमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
    उतm सम्झौताअन्तर्गत मणिग्राम विश्राम वाटिका प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, मणिग्राम विश्राम वाटिका प्रालिका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्